स्काउट गीत

June 4, 2006

                                                                      -शिव लामिछाने, एएलटी ,(shivalami@yahoo.com)

shiva lamichhane

स्काउटको चाल राम्रो  कवाजको ताल राम्रो

देश सुन्दर बनाउन अघि बढ्छ पाइला हाम्रो

लेफ्ट राइट लेफ्ट राइट- लक्ष्य लिन्छौँ राम्रो ।

सर्त्कर्मको मन्त्र जप्छौँ सङ्कटसित जुध्न सक्छौँ

विश्वासयोग्य बन्छौँ ठूलाप्रति भक्ति गर्र्छौँ

सहयोगको हात बढाउँछौँ  मीठो बोली बोल्छौँ

बहादुर बन्नर्ुपर्छ- मन बचन र कर्ममा पवित्र बन्नुपर्छ ।

स्काउटको चाल राम्रो  कवाजको ताल राम्रो

देश सुन्दर बनाउन अघि बढ्छ पाइला हाम्रो

लेफ्ट राइट लेफ्ट राइट- लक्ष्य लिन्छौँ राम्रो ।

 धर्तीलाई खाँचो पर्दा देशबन्धुलाई विघ्न पर्दा हामी तयार हुन्छौ

सच्चरित्र बोकी हिँड्छौँ र्सवधर्म सम्मान गर्र्छौ

दर्ुभावना त्याग्छौँ सपूत बन्नर्ुपर्छ- दक्ष योग्य बनेरै सेवा गर्नुपर्छ ।

स्काउटको चाल राम्रो कवाजको ताल राम्रो

देश सुन्दर बनाउन अघि बढ्छ पाइला हाम्रो

लेफ्ट राइट लेफ्ट राइट-लक्ष्य लिन्छौँ राम्रो ।

Google
 

Get free blog up and running in minutes with Blogsome
Theme designed by Viewfinder Design