स्टान्डस् नेपालसित स्काउटको सहकार्य

June 25, 2006

जिल्ला स्काउट कार्यालय काठमाडौँले गरीबी निवारणसम्बन्धी गैह्रसरकारी संस्था स्टान्ड्स नेपालद्वारा सञ्चालित स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतना कार्यक्रममा सहकार्य गरेको छ । गत माघ १२ गतेदेखि ४ दिनसम्म कपिलबस्तु जिल्लाको विकट गा.वि.स. सिर्सिहवाका विभिन्न स्थानमा सञ्चालन भएको सो कार्यक्रममा स्टान्ड्स नेपालका वरिष्ठ सल्लाहकार विमलचन्द्र शर्मा भट्टर्राई, जिल्ला स्काउट कार्यालय काठमाडौँका जिल्ला सामुदायिक विकास आयुक्त शिवराम अर्याल तथा संस्थाकी अध्यक्ष एवं स्काउटर श्रीमती निर्मला शर्मा सहभागी हुनुहुन्थ्यो । कपिलबस्तुका विभिन्न गा. वि. स. का विपन्न परिवारमा आयआर्जनका लागि आर्थिक सहयोग गर्दै जनचेतना जागृत गर्दै आएको सो संस्थाले भविष्यमा स्काउटसित अन्य स्थानमा पनि सहकार्य गर्ने जनाएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://nepscouts.blogsome.com/2006/06/25/p51/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Google
 

Get free blog up and running in minutes with Blogsome
Theme designed by Viewfinder Design