- मणि मल्ल, जिल्ला समन्वय आयुक्त काठमाडौँ जिल्ला समन्वय आयुक्त, नेपाल स्काउट काठमाडौँ का मणि मल्ल २०२७ सालमा लम्जुङको टक्सारमा जन्मनुभएको हो । पारिवारिक बसोबास काठमाडौँमा भएपछि विद्यालयीय अध्ययनसमेतका कारण काठमाडौँ आई स्थायी रूपमा काठमाडौँमा रहनुभएका मल्ल वाणिज्यशास्त्रमा स्नातकोत्तर गरी हाल जनप्रशासन र शिक्षाशास्त्रमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । विगत् १७ वर्षेखि शिक्षण पेशामा संलग्न वहाँ समाजसेवाका क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । बे्रनी साइन एकेडेमीका संस्थापक प्रिन्सिपल मल्ल शारदा मा.वि.मा अङ्गे्रजी विषयका अध्यापकर नोबेल एकेडेमी कलेजका लेक्चरर र काउन्सिलरसमेत हुनुहुन्छ । जिल्ला स्काउट कार्यालय काठमाडौँका जिल्ला समन्वयआयुक्तका रूपमा हाल कार्यरत वहाँ स्काउटिङ विकासका लागि हुने योजनामा ठोस निर्ण्र्मताका धनी हुनुहुन्छ । अहिलेको समसामयिक परिस्थिति र नेपालमा स्काउटिङको विकासका लागि वहाँले काठमाडौँ स्काउटलाई दिनुभएको अन्तर्वार्र्ता यहाँ प्रस्तुत गरिएको छ-
जिल्ला स्काउट कार्यालय काठमाडौँका पछिल्ला समयका स्काउटिङ गतिविधिहरू केकसरी अघि बढेका छन् -
हाम्रो जिल्लाले स्काउटहरूका लागि विगतमा जस्तै विभिन्न क्रियाकलापहरू अघि बढाएकै छ । नयाँवर्षक्याम्पहरू अहिले ट्रूप तहबाट पनि चलेका छन् । नयाँ ट्रूपहरू खुलेका छन् । स्काउटमास्टरका लागि हालै विटिसी तालिम सम्पन्न भएको छ । अब छिट्टै महिलाहरूको पिटिसी तालिम हुँदै छ । सामुदायिक विकासतर्फस्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा प्रशस्तमात्रामा कार्यक्रमहरू भएका छन् । नेपाल स्काउटकै इतिहासमा पहिलोपटक यी पछिल्ला तीन वर्षा काठमाडौँ जिल्लाको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा आँखाशिविर सञ्चालन भई सयाँै दृष्टिहीनहरूको मोतीविन्दुको अप्रेसन भएको छ, तिलगङ्गा आँखा केन्द्रको ठूलो सहयोगबाट हामीले दृष्टिहीनहरूलाई सुनौलो संसार देखाउने काममा सफलता पाएका छौँ । काठमाडौँमा मात्र नभई यस्तो शान्तिसुरक्षाको कठिन अवस्थामा पनि काठमाडौँ जिल्ला स्काउटले मुगुका विभिन्न दर्ुगम गाउँका विपन्न अवस्थाका स्थानीय बासिन्दाका लागि विभिन्न संस्थाहरूसित मिलेर काठमाडौँमा लत्ताकपडा संकलन गरी वितरण गर्ने कार्य चारपाँच वर्षनिरन्तर भयो । हालै विद्यालय छाड्न विवश मुगुका विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने कार्यका लागि ठूलो परिमाणमा कापी, किताब सङ्कलन गरी सो स्थानमा वितरण पनि गरिसक्यौँ । प्रकाशनतर्फनियमित रूपमा ट्रूपहरूका गतिविधिसमेतलाई लिपिवद्ध गरी ‘काठमाडौँ स्काउट’ नयाँ रूपमा प्रकाशित भइरहेको छ । हालै हामीले नेपाल स्काउटकै इतिहासमा पहिलोपटक आधाघण्टाको स्काउटिङ कार्यक्रमहरूको सँगालोका रूपमा नेपाल टेलिभिजनबाट डकुमेन्ट्री पनि प्रसारण गराएका छौँ । नेपाल स्काउटको छविलाई जनमानसमा पुर्याउन यसले पनि राष्ट्रिय रूपम महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । नियमित कार्यक्रमबाहेक मुख्य रूपमा भएका कार्यक्रमहरू यिनै हुन् ।
काठमाडौँ जिल्लाले के कस्ता समस्या भोगेको छ -
मूलभूत रूपमा त आर्थिक समस्या नै हो । कार्यक्रम प्रसस्त भएर पनि विभिन्न समस्याका कारण हामीले निरन्तर काम गर्न सकेका छैनाै । त्यसैले पनि हामीले अरू संस्थासित मिलेर सामुदायिक विकासका क्षेत्रमा पनि अझ बढी अग्रसरता देखाएका छौँ । अर्को कुरा हामीले अहिलेको यो पछिल्लो समयमा नेपाल स्काउटको ऐन र नियमावलीको नयाँ रूपमा आएका कारणले पनि अन्योल सृजना भएकाले पनि नयाँ कार्यक्रम दिन केही अफ्ठ्यारो भएको छ ।
नयाँ नियमावली कार्यन्वयनमा आइसकेको हो –
नेपाल स्काउटले ‘नेपाल स्काउट नियमावली २०६२’ ल्याएर पाँचछमहिनाअघि नै विमोचन गरिसकेको हो । र, क्षेत्रीय आयुक्तहरू पनि सोही नियमावलीअनुसार नियुक्त भइसकेको भनी सुन्नमा आएको हो तर जिल्लाहरू विघटनको प्रक्रिया भने हल्लामा नै भएकाले पनि हामी अन्योलमा रहेका हौँ ।
अन्योल केमा छ -
राष्ट्रियगानलाई प्रतिनिधिसभाले खारेज गरिसकेको छ । अब के गर्ने भन्ने प्रस्ट गर्न राष्ट्रिय प्रधान कार्यालयले तत्परता देखाउन सकेको छैन । स्काउट प्रतिज्ञा, स्काउट गीतलगायतका विषयमा पनि देशभरका स्काउटहरू अन्योलमा छन् । यस बीचमा शिक्षा अध्यादेशसितै नेपाल स्काउटको अध्यादेश पनि आएको छ । त्यसको कार्यान्वयन हुनै सक्तैन । संसदले सो शिक्षा ऐन पनि तत्काल खारेज गरी नेपाल स्काउट ऐन २०५० लाई पुनः क्रियाशील गराउनर्ुपर्दछ । यी कुरा नहुँदा करीब ३२ हजार स्काउटहरूको साझा संस्था नेपाल स्काउट नै अन्योलग्रस्त छ ।
कस्तो छ नयाँ नियमावलीको स्वरूप -
यसमा स्काउटिङ विकासका लागि कुनै नयाँ र प्रभावकारी प्रावधान थपिएको छैन । पदहरू सृजना गरिएका छन् । निर्वाचन प्रक्रियाबाट जिल्लादेखि राष्ट्रिय तहसम्मको कार्यकारिणी समितिको गठनप्रक्रियाको व्यवस्था भएको २०५१ सालको नियमावली सोही नियमावलीको भावना विपरित पूरै खारेज गरिएको छ । यसमा प्रभाव पार्न सक्ने व्यक्तिलाई आशिर्वाद दिएर छान्ने दफाहरू थपिएका छन् । व्यक्तिपूजा, चाकडीलाई यस नियमावलीले मलजल गरेको छ । निर्वाचनभन्दा छनौट प्रक्रियालाई महत्व दिइएको छ ।
यो नियमावली आउनुअघि सुधारका सुझावहरू मागिएको थिएन वा कुनै छलफल भएको थिएन जिल्लातहमा वा केन्द्रमा –
राष्ट्रिय प्रधान कार्यालयमा छलफल भएको थियो होला । त्यहाँ राष्ट्रिय परिषद छ, त्यसले विरोध गर्नुपर्ने हो, सायद देशको त्यतिबेलाको राजनीतिक माहौलको प्रभाव स्काउटमा पनि पर्यो । यो नियमावली पनि आंशिक रूपमा कार्यान्वयन गरेको छ । राप्रका पुरानै संरचनामा छ, जिल्लामा चिठी पठाउने हल्ला चल्छ, क्षेत्रीय आयुक्तको नियुक्ति र राजीनामाको हल्ला पनि चलिरहेको छ । हामीले नयाँ नियमावली आएको भनी जिल्लामा थाहा पाएको चाहिँ विमोचनकै दिनमा हो । विमोचन गर्ने दिनमा पनि केको विमोचन हुँदै छ भन्नेसम्म थाहा दिइएको थिएन ।
यो नियमावली कार्यान्वयनमा किन आनाकानी भएको छ जस्तो लाग्छ -
यो नियमावली कार्यन्वयन नै हुँदैन । नेपाल स्काउटमा अब नयाँ सोच, चिन्तन र विश्वस्काउटको परिवेशलाई बुझदै गरेका व्यक्तिहरू नेतृत्व दिनसक्ने हैसियतमा आइसकेका छन् । परिवर्तित परिवेशको सुुविधाभोग गर्दै पुरानो व्यक्तिवादी सोचले काम गर्ने व्यक्तिहरू नेपाल स्काउटमा रहेकाले त्यही सोच अनुरूपको व्यक्तिपूजा गर्ने नियमावली आएको हो । यो कुनै हालतमा कार्यान्वयन हुँदैन । यो कार्यन्वयन भयो भने नेपाल स्काउटको अहिलेसम्मको सांगठनिक संरचना पूरै ध्वस्त हुन्छ । अर्को कुरा जसले यसलाई र्सार्वजनिक गर्ने हतार गरेर ल्याएको हो, व्यक्तिको हित र भलाइ गर्ने किसिमले बनेको नियमावली भएको र अहिले त्यसप्रकारको माहौल देशमा नभएर पनि यसको कार्यन्वयन गर्ने साहस गुमेको हो ।
राष्ट्रिय प्रधान कार्यलयले नै आफ्नो नीति कार्यन्वयन गर्न नसक्ला र -कसरी सक्छ
धेरै त्यस्ता उदाहरण पहिलेका पनि छन्, राष्ट्रिय प्रधान कार्यालयले निर्णय गर्छ तर कार्यन्वयन गर्ने बेलामा आफूलाई असजिलो हुने ठाउँमा मात्र कार्यन्वयन गर्छ, सजिलो हुने ठाउँमा आफैँले बन्देज लगाएको कुरा पनि खुलै चल्न दिइरहेको छ । उदाहरणका रूपमा हेरौँ न, जिल्ला कार्यालयअर्न्तर्गत रोभर/रेञ्जर क्रयू सञ्चालन नगर्ने निर्णय भएको भनी पत्राचार गरी काठमाडँैामा रोकियो, अरू सबै जिल्ला कार्यालयअर्न्तर्गत चलेका क्रयूहरू यतावत चलिरहेका छन् । गर्ल्स इन स्काउटिङ सञ्चालन गर्ने भनेर परिषदले पास गरी केही जिल्लामा सञ्चालन भयो तर काठमाडौँमा भने चलेका स्थानमा पनि र्सार्वजनिक गर्न दिइएन । यस्ताे खालको मनोमानीपूर्ण् क्रियाकलाप छ ।
काठमाडौँको पनि त प्रतिनिधित्व छ नि राप्रकामा -
छ, राष्ट्रिय प्रधान कार्यालयका महत्वपूर्ण र निर्णायक तहका पदहरूमा काठमाडौँको प्रतिनिधित्व छ । तर विडम्बना, हामी यसरी पीडित छौँ । अरू जिल्लाले पाएको सुविधा हामीले पाएका छैन् । काठमाडौँ जिल्लालाई राप्रकामा पुगेपछि बक्र दृष्टिले हर्र्ने परम्परा नै बसिसकेको छ । काठमाडौँको स्काउटिङ गतिविधिलाई राष्ट्रिय प्रधान कार्यालयले राम्रो मूल्याङ्कन गरिदिएको भए एसिया प्रशान्त क्षेत्रले काठमाडौँ जिल्लालाई पुरस्कृत पनि गर्न सक्थ्यो ।
नेपाल स्काउटको उद्देश्य अनुरूप कार्यक्रम छ जस्तो लागेको छ -
नेपाल स्काउटको भन्दा पहिले विश्वस्काउटको उद्देश्यको कुरा गरौँ न । स्काउट भनेको निकै अनुशासित रूपमा नयाँ पुस्ताको निर्माण गर्ने संस्था हो । यसले गरेर नयाँ व्यवहारिक कुरा सिक्न प्रेरित गर्दछ । अनौपचारिक शैक्षिक ज्ञान दिने अभियानका रुमपा यो विश्वभर विस्तारित छ, तर नेपालमा भने शिक्षा मन्त्रालयले आर्थिक सहयोग दिएर पनि, स्वयं शिक्षामन्त्री प्रमुख स्काउट रहेर पनि यस संस्थाको उद्देश्य के हो भनेर यस संस्थाले देशभर पढाइ हुने विद्यालयको सामाजिक शिक्षाको पाठमा समेत सही जानकारी सम्प्रेषण भइरहेको छैन । अर्को कुरा राष्ट्रियस्तरमा प्रभाव पार्ने र जनमानसलाई समेत आफ्ना छोराछोरीको राष्ट्रिय जीवनमा भूमिका के हो भन्ने जानकारी दिने कार्यक्रम राप्रकाबाट भएको खासै देखिएन । जिल्लाहरूलाई कार्यालय सञ्चालन खर्च दिएर, केन्द्रमा आउँदा मिटिङ भत्ता दिएरमात्र स्काउटिङ विस्तार हुने होइन । पदमात्र सृजना गरेर र मिथ्याङ्क पेस गरेर मात्र स्काउट बढ्ने होइन । स्काउटलाई देशव्यापी कार्यक्रम दिने काम भएकै छैन ।
पुरानो पुस्ताको नेतृत्वको विश्लेषण कसरी गर्नुहुन्छ -
संस्थाका लागि पुरानो भन्दा पनि अनुभवी व्यक्तित्वको अनुभवको सधैँ खाँचो भइहाल्छ । संस्थाको हितमा लागेर स्काउटिङलाई नै जीवनको आदर्श मानेका अनुभवी व्यक्तित्वलाई सम्मान गर्नै पर्छ, हामीले पनि त्यागको पाठ सिक्नै पर्छ । तर पुरानै र्ढरा, पुरानै बानी, उही भक्तिवादी सोच, चाकडीबाजी खोज्ने प्रवृत्तिलाई भने पुरानो नेतृत्वले त्याग्न सक्नर्ुपर्दछ । यदि त्यही प्रवृत्ति बोकिरहने र नयाँ स्वाभिमानी पुस्तालाई पनि चाकडी नै गराउने हो भने नयाँ पुस्ताले पुरानो पुस्तालाई उछिनेर अगाडि जानुपर्ने हुन्छ । नेपाल स्काउटमा परिवर्तित समय, विश्वपरिवेश, नयाँपुस्ताको सोचअनुसारको समाजको निर्माणजस्त्ाा कुरालाई समेटेर कार्यक्रम दिनसक्ने नेतृत्वको नितान्त खाँचो भइसकेको छ । यसमा पुरानो पुस्ता चुकिसकेको देखिन्छ ।
नेपाल स्काउटको नेतृत्व तालिमको प्रक्रियाबारे यहाँको प्रतिक्रिया कस्तो छ -
तालिम प्रक्रियाबारे विश्वस्काउट संगठन र एसिया प्रशान्त क्षेत्रको स्पष्ट स्वरूप छ । तहगत तालिम छ स्काउट तहदेखि नै । तर अचम्म यहाँ मात्रै हो कि- एउटै व्यक्तिले विश्वभरिको मान्य स्काउट उडवायजर तालिम पनि लिइसकेको छ, उही व्यक्ति रोभरका रूपमा स्काउट तहमा पनि छ । यो अवस्था चाहिँ हाँसो उठ्दो खालको छ । अर्को कुरा तालिम सञ्चालनका बेलामा पनि नेपाल स्काउटको साधन र स्रोत खर्च गरेर तयार पारेका अनुभवी तालिमकर्ता राष्ट्रिय प्रशिक्षकहरूलाई समेटेर सक्रिय गराउने गरी तालिम सञ्चालन हुने गरेको छैन । अन्य धेरै क्षेत्रमा तालिम चलाएर विशेषज्ञ बनिसकेका व्यक्ति पनि नेपाल स्काउटको प्रशिक्षकमा सहभागी हुन नपाएका कारण निष्त्रिmय भएका छन् ।
संख्यात्मक हिसाबले काठमाडौँ अगाडि छ, तर नेतृत्वको चयन भने विकासक्षेत्रबाट बराबरी हुन्छ हैन राष्ट्रिय परिषदमा -
यही त अचम्म छ, कथित नेपाल स्काउट नियमावली २०६२ मा यस्तो कुरा पनि समेटिएको छैन । राप्रकामा स्काउटविस्तार भएको संख्याका आधारमा राष्ट्रिय परिषदमा निर्वाचित हुने प्रक्रिया हुनर्ुपर्दछ । यसले मात्र स्काउटिङको विस्तारमा सहयोग पुग्छ । नत्र ५१ स्काउट भएको जिल्लाबाट पनि त्यति नै प्रतिनिधि, ६ हजार स्काउट भएको जिल्लाबाट पनि त्यति नै प्रतिनिधि भएपछि किन विकास गर्नुपर्यो स्काउटिङको । थोरै नेता भएपछि छान्न पनि सजिलो हुने भयो । पदाधिकारी छान्न जिल्लामा गरिने निर्वाचन प्रणाली अहिले हटाएको कारण पनि त्यही हो । अधिकार र नियम खोज्ने मान्छे संस्थामा आयो भने भक्तिवादी परम्परामाथि खलल पुग्छ भन्ने नै सोच हो जस्तो लाग्छ ।
राष्ट्रिय प्रधान कार्यालयका पछिल्ला कुन कुन कुराले सन्तुष्ट हुनुहन्छ -
अहिले राप्रकाले आयआर्जन हुने विभिन्न स्रोतहरू बनाएको छ । ककनी परियोजना, राप्रकाको कम्पाउन्डको राम्रो सदुपयोग, पे पार्किङजस्ता कुरा नेपाल स्काउटको इतिहासमा स्वर्णाक्षरले लेखिनुपर्ने कुरा हुन् ।
अन्त्यमा केही भन्नुपर्ने कि -
स्पष्ट दृष्टिकोण, पारदर्शी कार्यव्यवहार, विश्वस्काउटका आधारभूत मूल्य र मान्यतालाई आत्मसात गर्दै ठोस नीति नियमको तर्जुमा नेपाल स्काउटका नेतृत्ववर्गले ल्याउन नसकेमा विश्वको अरू मुलुकका स्काउट संगठनहरूलाई हेरेर नेपालले पनि नयाँ बाटो अवलम्बन गर्नुपर्ने परिस्थिति निश्चित रूपमा सृजना हुन्छ । किनभने नेपाल अधिराज्यभरको ५० प्रतिशत भन्दा बढी स्काउट संख्या राजधानीमामात्र छ भन्ने कुरा कसैले पनि भुल्नुहुँदैन । बाहिरी जिल्लामा स्काउटिङ विस्तारका लागि नयाँ पाठ्यक्रमको तर्जुमा गरी नयाँ आकर्षा लिएर जानसक्नुपर्दछ । विश्वभरको यो लोकप्रिय शैक्षिक अभियानमूलक मनोवैज्ञानिक रूपले अनौपचारिक शिक्षा दिई नयाँ पुस्तालाई राष्ट्रभक्त, अनुशासित र निर्णयपंक्तिको क्षता दिने संस्थालाई यसरी बिगिरिनु दिनु हुँदैन ।
श्रात ः www.kathamanduscouts.org/wordpress